November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बेल्जियममा भ्यान त ट्रक ठोक्किदा एक नेपालीको मृत्यु

1.5K

बेल्जियममा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ । बेल्जियमको मोल सहरबाट आन्त्वर्पेन जाने क्रममा भएको एक सडक दुर्घटनामा पर्वतको जलजला घर भएका वीर फगामी मगरको मृत्यु भएको हो ।

स्थानीय प्रहरीका अनुसार मगरले चलाइरहेको भ्यानमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

जापानी खानाको व्यवसाय गर्दै आएका उनी आफ्ना रेस्टुराँहरूमा काम गर्ने कर्मचारी लिन भ्यान लिएर आन्त्वर्पेन जाँदै थिए।

Advertisement

गत बिहीबार दिउँसो १ बजेतिर महरको भ्यान ठूलो ट्रकको पछाडि रहेको र पछाडिबाट आएको अर्को ट्रकले उनको भ्यानमा ठक्कर दिएको स्थानीय प्रहरीले जनाएको छ ।

मगरका श्रीमती, एक छोरी र दुई छोरा छन्।