काठमाडौं । भोजपुरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बालाङखाबाट सिवार जाँदै गरेको को १ ज २६१७ नम्बरबो जिप आमचोक गाउँपालिका-८ पारकुवास्थित सडकबाट दुधकोसी नदीको किनारमा खसेको हो । मृत्यु हुनेमा आमचोककै रूना राईको रहेकी छिन् ।
जिपमा कतिजना सवार थिए भन्ने नखुलेको तर ११ देखि १४ जना सवार रहेको हुन सक्ने जनाइएको छ ।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा पुर्याइएको छ।