May 20, 2024, Monday
२०८१ जेष्ठ ७
1:37:26 pm

ताप्लेजुङमा ट्याक्टर भिरबाट खस्दा एक बालकको मृत्यु, ८ बालबालिका घाइते

980

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-४ डुम्रिसेमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ भने ८ जना बालबालिका घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान १० बजे कावेली खोलाबाट माकोजातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ त ९०६९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि करिब १५ मिटर तल झरी दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय किरण तामाङको ९ बर्षीय छोरा श्री सिदेश्वरी मावि डुम्रिसेमा अध्ययनरत मानस तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा घाइते भएका स्थानीय १२ बर्षीय शिखर काङलिवाको स्थानीय क्लिनिकमा उपचार भईरहेको र अन्य ११ बर्षीय साईमन तामाङ, १३ बर्षीया सुष्मा तामाङ, १३ बर्षीय दिपेन्द्र तामाङ, १३ बर्षीया अनिषा बिश्वकर्मा, १४ बर्षीया मुना बिश्वकर्मा, १२ बर्षीया मनिषा तामाङ, र १५ बर्षीया गुञ्जना तामाङलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न चालक फरार रहेकोले खोजतलास भईरहेको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।