प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ प्रदेश’ राख्नुपर्ने जसपाको धारणा
दमक । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश नम्बर १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पुष्ठभूमि, पहिचानको आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नु पर्ने बताएको हो । अध्यक्ष प्रवीण चाम्लिङले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रदेश नामाकरण सम्बन्धमा २०७७ असोज २३–२४ गते नै निर्णय गरिएको उल्लेख गर्दै...