February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

शिल्पी/दलितलाई मन्त्री बनाउन प्रदेश १ प्रमुख पर्शुराम खापुङ र सामाजिक विकास मन्त्री जयराम यादवलाई ध्यानाकर्षण

3.3K


विराटनगर । जनता समाजवादी पार्टी नेपाल, शिल्पी विशेष प्रदेश राष्ट्रिय समितीको टोलीले बिहीवार प्रदेश १ सरकारका नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङलाई समावेशीताको सिद्धान्तलाई कार्वनयन गर्न गराउनुपर्ने भन्दै प्रदेश सरकारमा शिल्पी/दलितलाई मन्त्री र मातहतका सबै संरचनामा राजनीति नियुक्तमा समानुपातिक समावेशी नियुक्ति गराउनु पर्ने कुरामा जोड दिएर ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा जसपाका केन्द्रिय नेता तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित पत्र बुझ्दै प्रमुख खापुङले पत्र बुझेका हुन् । पत्र बुझ्दै खापुङले सहि समयमा सहि विषय बस्तु न्यायीक तरिकाले उठाएको भन्दै आफुले ध्यानाकर्षण पत्रमा भएको मागलाइ सम्बोधन गर्न गराउन प्रतिबद्ध जनाउनु भएको सहभागी टोलिका सदस्य ज्ञानकुमार परियारले जनाए ।


जसपा नेपाल अन्तरगत शिल्पी विशेष प्रदेश राष्ट्रिय (केन्द्र ) र शिल्पी विशेष समिति प्रदेश १ ले प्रदेश प्रमुख खापुङ र सामाजिक विकास मन्त्री जयराम यादवलाई छुट्टाछुट्टै भेटी ध्यानाकर्षण पत्र उक्त ध्यानाकर्षण टोलिले बुझाएकाछन् जसपाबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री यादवलाई पनि बिहीवारनै भेटेर बधाई तथा शुभकाना सहित ध्यानकर्षण पत्र समेत बुझाएका थिए ।

Advertisement


यादव जनता समाजवादी पार्टी नेपालका संसदीय दलका संयोजक रहेकाले दलको तर्फबाट प्रदेश १ सरकारमा पार्टीको नेतृत्व गर्दै सामाजिक विकास मन्त्री बनेका हुन् । पार्टीको तर्फबाट नेतृत्व गरेकाले मन्त्री यादवलाई शिल्पी विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्माद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सरकारमा अहिलेका लागि कम्तिमा १ जना शिल्पी÷दलितको प्रतिनिधित्व गराईनु पर्ने, प्रदेश १ का शिल्पी÷दलितहरूको आर्थिक, सामाजिक, शैक्षिक– साँस्कृतिक, राजनैतिक अधिकार र विकासका लागि अधिकार सम्पन्न शिल्पी÷दलित विकास समिति गठन गरिनु पर्ने, तथाकथित दलित समूदयलाई सम्मानजनक शिल्पी पहिचान स्थापित गर्न प्रदेश सरकारले महत्वका साथ कार्य अगाडि बढाउन पर्ने, प्रदेश १ मा भएका सवै प्रकारका जातीय छुवाछूत तथा विभेदका घटनामा संलग्न पीडकहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, शिल्पी समूदायका पेशा ब्यवसायलाई प्रोत्साहन गर्दै सहजीकरण र व्यवस्थापन आधुनिकिकरण प्रबर्द्धन र बजारिकरण, शिल्पी समूदायका छोराछोरीलाई निःशुल्क उच्च शिक्षासम्म प्रदेश सरकारले पढाउने ब्यवस्था मिलाउन पर्ने आदि माग राखेर ध्यानाकर्षण पत्र मन्त्री यादव र प्रदेश प्रमुख लाई बुझाएका हुन् ।


ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख खापुङले भनेका छन् । तपाईहरूको माग समयानुकूल र जायज छ । यसलाई हामी प्राथमिकतामा राखेर अगाडि बढ्नेछौँ भनेर आस्वस्त पारे भने सामाजिक विकास मन्त्री यादवले तपाईहरूले उठान गर्नु भएका विषय वस्तु अत्यन्तै सानदर्भिक छन् र यसलाई कुन ढङ्गबाट अगाडि बढाउन सकिन्छ त्यसतर्फ हामी विशेष ध्यान दिँदै यी सबै विषय बस्तुहरूमा सूक्ष्म अध्ययन गर्ने र कार्यन्वयनका लागि जोडदार रुपमा पहल गर्ने बताए ।

नव नियुक्त प्रदेश प्रमुख खापुङ र मन्त्री यादवलाई बधाई तथा ध्यानाकर्षण पत्र बुझाएपछि शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामीले केन्द्रिय सरकार र प्रदेश सरकार पटकपटक परिवर्तन हुन्छन् तर सबै सरकारमा शिल्पी समुदायले ज्युहजुरी गर्दै हामीलाई पनि भाग चाहियो भनेर भिख माग्नुपर्ने दिनको अन्त्य कहिले हुने भन्दै यस्तो प्रवृत्तिक अन्त्यको लागि हरेक नेतृत्वले ठुलो छाती पारेर सबैको प्रतिनिधित्व हुने र सबै समुदायको अपनत्व हुने दिनको नीति बन्नु जरुरी छ भाषणमा भन्दा काममा जोड दिन प्रमुख र मन्त्री यादव लाई सुझाव दिएका थिए ।

उक्त ध्यानाकर्षण पत्र बुझाउन समितिका उपाध्यक्ष तथा प्रदेश १ ईन्चार्ज ज्ञानकुमार परियार,प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्मा, उपाध्यक्ष धनिकलाल खत्वे, सदस्य शोभा हरिजन लगायतका नेता/नेतृहरूको उपस्थिति रहेको थियो ।