धरान । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय नीतिअनुरुप सुज अभियान अन्तर्गत धनकुटामा दुईदिने अगुवा युवा तथा कार्यकर्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ, केन्द्रीय सदस्य अर्जुन थापा र राजकुमार राईको उपस्थितिमा सम्पन्न भएको हो ।
जिल्ला उपाध्यक्ष विकाश घिमिरेको अध्यक्षता सम्पन्न सो कार्यक्रममाको संचालन जिल्ला सचिव श्रीराम रायमाझिले गरेका थिए भने नगर ईन्चार्ज गोपाल लिम्बुले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममको पहिलो दिन केन्द्रीय सदस्य राजकुमार राईले नेतृत्व जिकास र युवाहरुको समग्र विकासबारे प्रशिक्षण दिएका थिए भने स्थानीय तहमा कसरी नेतृत्व चयन गर्ने र चुनावी अभियान कसरी चलाउने भन्ने बारे केन्द्रीय सदस्य अर्जुन थापाले प्रशिक्षण दिएका थिए ।
दोस्रो दिनको प्रशिक्षण कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले समसामयिक नेपाली राजनीति र जसपा नेपालको आगामी दिनहरुमा कसरी अगाडि बढ्ने बारे अगुवा युवाहरुलाई प्रशिक्षण दिएका थिए । एमालेको सबै मुद्दा र अस्त्रहरू सकिएकोले राज्यको अन्तिमपटक स्रोत र साधनको दुरुपयोग गरि भिड देखाएर जनतामा भ्रम छरिरहेको बताए । धनकुटाको सवालमा केपि ओली उपस्थित भएर सहिदभूमिको आमसभा नै अन्तिम आमसभा भएको बताएका थिए ।
कार्यक्रममा केन्द्रीय नेताका अलवा लिम्बुवान रास्ट्रीय समिति उपाध्यक्ष सरकुमारी आठपहरिया, जिल्ला अध्यक्ष बलबहादुर राई, जिल्ला उपाध्यक्ष पार्वती राई, केन्द्रीय युवा नेता मनकला लङवा लिम्बु, युवा नेता निसान किराँती, विद्यार्थी नेता तथा स्ववियु सभापति सागर सरगम चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।