जसपाको कार्यकारिणी समिति बैठक बस्दै
काठमाडौं– जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। महत्त्वपूर्ण निर्णय गर्नका लागि भनेर बोलाइएको बैठक जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान बिहान साढे ११ बजे बस्दै छ। ‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले निम्न स्थान र समयमा कार्यकारिणी समितिको बैठक राखिएको हुँदा उक्त बैठकमा उपस्थित भई दिनुहुनको...