April 6, 2025, Sunday
२०८१ चैत्र २५
7:02:24 pm

प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङद्धारा पदभार ग्रहण

२०७८ कार्तिक २९

9.4K

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले पदभार ग्रहण गरेका छन् । सोमबार विराटनगरस्थीत प्रमुखको कार्यालयमा पदभार गरेका हुन् । प्रमुखलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विमानस्थलमा स्वागत गरेका थिए ।

त्यसैगरी कार्यालय प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारी र उपभामुख सरस्वती पोखरेलले कार्यालयमा भेट गरी स्वागत गरेका थिए ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन पनि आजै प्रमुखलाई बुझाउने काम भएको छ । आयोगको कार्यालय प्रमुखमार्फत प्रतिवेदन हस्तान्तरण भएको हो ।

Advertisement

सोही अवसरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोका अध्यक्ष फत्तेजङ खापुङ तथा पदाधिकारी र सदस्यले पनि विमानस्थलमा स्वागत गरेका थिए ।