काठमाडौँ । विश्व प्रजातान्त्रिक युवा महासंघको २१ औं साधारण सभामा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले पूँजिवादले शिक्षा क्षेत्रलाई आफ्नो नियन्त्रण गर्न लगानी गरिरहेकोले त्यसको विरुद्ध विश्व समुदाय एक हुन आग्रह गरे ।
संसार भरिका अल्पविकसित देशमा अमेरिकी हस्तक्षेप गरिरहेको भन्दै त्यसविरुद्ध सबै एकमन भएर लाग्न उनले आग्रह गरे । एक देशले अर्को देशमाथि गरिने नाङ्गो हस्तक्षेपविरूद्व संसारभरी आन्दोलन सिर्जना गरी हरेक मुलुकको सार्वभौमिकता जोगाउन संघर्षरत संगठनमा नेपालबाट युवा संघ र अनेरास्ववियू आवद्व रहदै आएका छन् ।
सभामा अनेरास्ववियूको तर्फबाट संगठनका अध्यक्ष पराजुलीसहित उपाध्यक्षद्वय माधव पन्त, सुदीप शर्मा र महासचिव आरती लामाको टिम लेवनानमा सहभागि छन् ।
सभामा एक सय २० देशका एक सय ५० भन्दा बढी सगठनहरुको सहभागी रहेको छ । लेवनानमा भइरहेको बैठक मंगलबारसम्म चल्ने छ ।