April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइयो पूर्वराजालाई जरिवानापत्र

425

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले गरेको जरिवानासम्बन्धी पत्र हुलाकबाट पठाइएको छ ।

नगरप्रहरी टोली जरिवानापत्र लिएर निर्मलनिवास पुगेको तर, निर्मलनिवासले पत्र बुझ्न नमानेपछि हुलाकमार्फत पत्र पठाइएको महानगरले जनाएको छ ।

महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्र काट्दै पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । उक्त जरिवानापत्र लिएर आइतबार (चैत १७) बिहान महानगरको नगरप्रहरी टोली निर्मलनिवास गेटमा पुगेको थियो ।

Advertisement

चैत १५ का दिन राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनक्रममा महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगरप्रहरी घाइते भएका थिए ।