January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

राजावादीले आगजनी गरेको घरमा जलेर पत्रकारको मृत्यु

1.5K

काठमाडौं । राजावादी समूहले आगजनी गरेको घरमा जलेर एभिन्युज टीभीमा कार्यरत पत्रकारको मृत्यु भएको छ।

एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रशारण गरेको छ । घरको चौथो तलामा एउटा शव फेला परेको प्रहरीले जनाएको छ ।

mostbet

एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको प्रहरीले जनाएको छ । एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा थिएनन् ।

Advertisement

परिवार स्रोतकाअनुसार मामा सुरेश रजकको राजावादीले आगो लगाएको घरमा जलेर मृत्यु भएको छ । तर शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण बताइएको छ ।