March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

मध्यरातमा आरआर क्याम्पसमा ताला

390

काठमाडौं । नेकपा एमालेको अनेरास्ववियु र एकीकृत समाजवादीको अनेरास्ववियूले आरआर क्याम्पसमा ताला लगाएका छन् ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलोमतोमा फर्जी विद्यार्थी परिचयपत्र डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्डहरु प्रशासनबाटै वितरण गरिएको भन्दै दुई समूहले मध्यरातमा ताला लगाएका हुन् ।

निष्पक्ष छानबिन नहुँदासम्म स्ववियु निर्वाचन हुन नसक्ने प्रेस दुई संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आरआर क्याम्पसमा नेकपा एमालेको अनेरास्ववियु र एकीकृत समाजवादीको अनेरास्ववियू सहकार्य गरी साझा प्यानलमा चुनावी मैदानमा उत्रिएका थिए ।

Advertisement

अनेरास्ववियुको पकड मानिएको आरआरमा २०३६ सालदेखि आरआरमा स्ववियू चुनाव हुन लागेदेखि ४५ वर्षमा अनेरास्ववियुले हार बेहोर्नु परेको छैन ।

तर अहिले दुई ठूला संगठनले सहकार्य गरेर अगाडि बढ्दा पनि हार्ने डरले निर्वाचनबाट भाग्न खोजेको आरोप नेपाल विद्यार्थी संघका अध्यक्ष विनोद राज जोशीले लगाएका छन् ।

क्याम्पसमा स्ववियु निर्वाचनको लागि सम्पूर्ण तयारी भइसकेको अवस्थामा प्रवेशद्वारमा तालाबन्दी भएको र असहज वातावरण निर्माण भएको भन्दै निर्वाचन स्थगित भएको छ ।