काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा लगायतलाई आज अदालत उपस्थित गराउने तयारी छ।
तीनकुनेमा शुक्रबार हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई आइतबार म्याद थपका लागि अदालत लगिने तयारी रहेको काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले जानकारी दिए।
मिश्र, राणा र स्वागतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरी परिसरको जिम्मा लगाएको थियो। खतिवडा भने शनिबार पक्राउ परेका थिए।
शनिबार अदालत बन्द हुने भएकाले आइतबार उनीहरूलाई बाँकी प्रक्रियाका लागि अदालत उपस्थित गराउन लागिएको हो।