काठमाडौं । अनेरास्ववियूका विद्यार्थी नेताहरू त्रिभुवन विश्वविद्यालयमा आमरण अनसनमा बसेका छन् । विश्वविद्यालयभित्र रहेका विकृति, विसंगति र शैक्षिक अपराधिकरणका विरूद्धमा अनेरास्ववियुका विद्यार्थी नेताहरू अनसनमा बसेका हुन्। उनीहरूले १३ बुँदामा आफ्ना मागहरू समेत राखेका छन्। एमफिल र पिएचडीलाई नियमित बनाइनुपर्ने, स्रोत साधन र प्राध्यापक त्रिविको प्रयोग गर्ने तर विद्यार्थीहरूबाट चर्को शुल्क असुल्ने गरेको भन्दै सर्वसुलभ बनाउनुपर्ने, १४ वर्षदेखि नभएको स्ववियूको निर्वाचन गर्नुपर्ने माग राखेका छन् ।
सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने, त्रिवि सेवा आयोगले लिएको परीक्षाको नतिजा शून्य आएको कारण पहिचान गरी परिणाममुखी प्रणाली स्थापना गर्नुपर्नेलगायतका मागहरू राखेका छन् ।
विकृति विसंगति र शैक्षिक अपराधीकरण बढेको भन्दै त्रिवि सुधारको माग राखेर अनशन सुरू गरिएको अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।