पुथाउत्तरगंगा-२ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित
काठमाडौं । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर -२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । एमालेका उम्मेवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो। यद्यपि, घर्ती निर्विरोध निर्वाचित भएको आयोगले घोषणा गर्न भने बाँकी छ।