October 26, 2025, Sunday
२०८२ कार्तिक ९
1:37:26 pm

दाङमा एमालेले निकाल्यो शान्तिपूर्ण जनजागरण र्‍याली

465

दाङ । नेकपा एमालेले दाङमा शान्तिपूर्ण जनजागरण र्‍याली निकालेको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कारबाहीको माग गर्दै र्‍याली निकालेको हो ।

यस्तै, नागरिकमा शान्ति सुरक्षा प्रत्याभूति र लुटिएका सरकारी तथा व्यक्तिगत सम्पत्ति फिर्ताको माग गर्दै दाङको जनसंगठन समन्वय संयन्त्रले आइतबार घोराहीमा शान्तिपूर्ण जनजागरण र्‍याली निकालेको हो ।

‘अपराधिलाई कानुनको दायरा भित्र ल्याउनै पर्छ’,‘लोकतन्त्रलाई बलियो बनाउदै अस्थिरतालाई हटाऔं’ जस्ता नारासहित निकालिएको सो र्यालीमा एमालेका नेता, कार्यकर्ता र जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Advertisement