June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

नेकपा (एस) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अब्दुल हुसने खाँ

740

लुम्बिनी, २८ वैशाख । नेकपा (एकीकृत समाजवादी), लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अब्दुल हुसने खाँ सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट अब्दुल हुसेन अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भूसाल, उपमहासचिव मेटमणि चौधरी, सचिव सोम पाण्डेलगायतका पार्टीका शीर्ष नेताहरुले अधिवेशनलाई सम्बोधन गरेका थिए ।

उपाध्यक्षमा रामप्रसाद चौधरी र कमल भण्डारी, सचिवमा नारायण शर्मालाई चयन गरेको अधिवेशनले एक सय ३५ सदस्सीय प्रदेश कमिटी घोषणा गरेको हो ।

Advertisement