लुम्बिनी प्रदेशमा पनि ढल्यो एमाले नेतृत्वको सरकार
काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएपछि एमाले सरकार ढलेको हो । मुख्यमन्त्री गिरीले संविधानको धारा १६८ को उपदफा ४ अनुसार विश्वासको मत मागेका थिए । मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत मात्र परेको थियो । ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा सरकार बनाउनका...