January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

जसपा नेपालद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

1.3K

लुम्बिनी । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा नेपालकी सांसद अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् । काफ्ले समानुपातिक सांसद हुन् ।

mostbet

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको छ । संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिनुभन्दा पहिला नै लुम्बिनीबाट जसपा नेपाल बाहिरिएको हो ।

Advertisement

गठन हुँदाको शर्तअनुसार सरकारले काम गर्न नसकेको, संविधान संशोधनको एजेण्डा ओझेलमा परेको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले समर्थन फिर्ता लिन बताएका थिए ।