लुम्बिनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्य पदमा कपिलवस्तुकी गिता अञ्जान केसी नियुक्त भएकी छन् ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले केसीलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।
उनी नेकपा एकीकृत समाजवादीनिकट हुन् । उनी नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । उपाध्यक्ष सहित चार सदस्यीय योजना आयोगमा उपाध्यक्षमा नहकुल केसी र अन्य दुई सदस्यमा यस अघि नै नियुक्त भएका थिए ।
बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले बताए । समयानुकुल गराउन कार्य विधि संशोधन गरिएको उनले बताए ।