April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पाए विश्वासको मत

2.5K

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । महराले आफूमाथि प्रदेश सभाको विश्वास छ भनि पेश परेको प्रस्तावको पक्षमा ४८ मत पाएका हुन् ।

विश्वासको मतको विपक्षमा २८ मत परेको छ । ८६ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गरेको थियो ।

त्यस्तै, ३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको छ भने ३ सिट नै रहेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए ।

Advertisement

महरा गत चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रीय सरकारमा आएको उलटफेरको प्रभाव प्रदेश सरकारसम्म परेको थियो ।

मुख्यमन्त्री नियुक्त भएसँगै महराले एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका १/१ जना बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । विश्वासको मत पाएसँगै महराले केही दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।