बेलायतको बर्मिङ्घम सहरमा आर्थिक संकट घोषणा
काठमाडौं । बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा आर्थिक संकट घोषणा गरिएको छ । बर्मिङ्घम सिटी काउन्सिलले धारा ११४ लागू गर्दै अत्यावश्यक बाहेकका खर्चमा रोक लगाउँदै आर्थिक सङ्कटको घोषणा गरेको हो। बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा सबै अनावश्यक खर्च बन्द गर्दै टाट पल्टिएको घोषणा गरिएको हो। बर्मिङ्घम सिटी काउन्सिलसँग भएका सबै वित्तिय स्रोतसाधन समाप्त...