January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

इजिप्ट र फ्रान्सबीच इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल

1.6K

इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल—हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् । सोमवार कायरोमा उनीहरूले दुई देशबीचको द्वन्द्व रोक्ने बारेमा छलफल गरेका हुन् ।

गाजा पट्टीमा बिग्रिँदै गएको मानवीय अवस्था र गाजावासीहरुलाई तत्काल मानवीय र राहत सहायता उपलब्ध गराउन महत्वपूर्ण हुने बताए । नागरिकलाई घेराबन्दी, भोकमरी र विस्थापन जस्ता सजाय नदिन आग्रह समेत गरे ।

फ्रान्सले गाजापट्टीमा मानवीय सहायताका लागि १० मिलियन युरो सहायता दिने भएको जानकारी गराइएको छ ।

Advertisement