काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणको जबाफमा इजरायलले गरेको गाजा क्षेत्रमा चार दिनदेखि निरन्तर हवाई हमला गरिरहेको छ । इजरायलले गरेको हवाई आक्रमणका कारण गाजामा ज्यान गुमाउने मानिसको सङ्ख्या ९०० नाघेको छ । त्यस क्रममा हमासका दुई वरिष्ठ अधिकारी पनि मारिएको बताइएको छ ।
गत शनिवार प्यालेस्टिनी लडाकु समूहले हमासले इजरायलमा भीषण आक्रमण गर्दा ज्यान जानेहरूको सङ्ख्या १,२०० पुगेको बीबीसीले जनाएको छ । उक्त आक्रमणलाई इजरायलको ७५ वर्षे इतिहासमा भएको सबैभन्दा नराम्रो घटना मानिएको छ ।
मृत्यु हुनेमा नेपालीसहित विदेशी नागरिकहरू पनि छन् । इजरायली आक्रमणका कारण गाजा सहरमा ठूलो विध्वंस भएको छ ।
इजरायलले हवाई आक्रमण गर्न थालेपछि गाजाबाट २,६०,००० जनाभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।