April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इजरायल–हमास लडाइँमा दुबैपक्षका १ हजार १ सय मानिसहरूको मृत्यु

1.4K

इजरायल–हमास लडाइँमा दुबैपक्षका गरी कम्तिमा १ हजार १ सय मानिसहरूको मृत्यु भएको द न्युयोर्क टाइम्सले जनाएको छ ।

प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको हो । तीमध्ये ७ सय इजरायली र ४१३ प्लालेस्टाइनी मारिएको छ ।

शनिबार जमिन, आकाश र समून्द्रबाट हमासले इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो । इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण भनिएको छ ।

Advertisement

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूहरू हमासविरूद्ध युद्ध लडिरहेको घोषणा गरेका थिए।