May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

इस्लामिस्ट समूह हमासद्वारा इजरायलमाथि आक्रमण, नेपाली पनि घाइते

1.3K

काठमाडौं । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेको छ । शनिबार बन्दुकधारीहरूले अचानक इजरायलका विभिन्न सहरहरूमा आक्रमण गरेका हुन्।

उक्त आक्रमणमा नेपालीहरू पनि घाइते भएको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले घाइतेहरूको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए। उनले कम्तिमा पनि ७ जना घाइते भएको जनाइएको छ ।

हमासले इजरायलमाथि रकेटबाट पनि आक्रमण गरेको छ। इजरायलको एम्बुलेन्स सेवाले कम्तीमा २३ जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। आक्रमणबाट सयौं मानिसहरू घाइते भएका छन्। मृतकहरूको संख्या अझै बढ्न सक्ने बताइएको छ।

Advertisement