इजिप्टले गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने
काएरो । इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ । इजिप्टको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाजामा फसेका विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार रहेको जानकारी गराएको हो । इजिप्टका सहायक विदेशमन्त्री इस्माइल खैरातले बुधबार कायरोमा विदेशी राजदूत र कूटनीतिज्ञहरूसँग भेट गरी गाजामा मानवीय सङ्कट...