April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु

1.8K

काठमाडौं । इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ । इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकार  इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

उनी इजरायल-लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन् ।

रोयटर्सका अनुसार अल्मा अल-शाबनजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ । इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन् । लेबनानका प्रधानमन्त्री नजिब मिकाती र हिजबुल्लाह नेताहरूले घटनामा इजरायल जिम्मेवार रहेको बताएका छन् ।

Advertisement

इजरायली सेनाले भने घटना दु:खद् भएको बताएको छ । इजरायली सेनाले मृत्युको जिम्मा भने लिएको छैन ।

गत शनिबारदेखि सुरु भएको हमास-इजरायल युद्धमा सर्वसाधारण मात्र होइन, रिपोर्टिङ गरिरहेका पत्रकारसमेत मारिएका छन् ।युद्धमा परी ११ जना पत्रकारको मृत्यु भएको छ । मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार रहेका छन् ।

इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन् । त्यस्तै अर्का प्यालेस्टिनी पत्रकार मोहम्मद सोभसमेत मारिएको सीपीजेले जनाएको छ । त्यस्तै इजरायली फोटोपत्रकार रोई इदान बेपत्ता रहेको पनि न्युयोर्क टाइम्सले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार उनी र उनकी छोरीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ ।