सुरक्षाको माग गर्दै डाक्टरहरूको प्रदर्शन
काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै डाक्टरहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन् । डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्म आएर नयाँबानेश्वर–माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् । सडकमै बसेर प्रदर्शन जारी राखेका उनीहरूले ‘डाक्टरमाथिको कुटपिट बन्द गर’, ‘प्रजनन् सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’ लगायतका नारा लगाएका छन् । अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता...