March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

एनआरएनएद्वारा निर्मित अक्सिजन प्लान्ट हस्तान्तरण

1.8K

भरतपुर । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को सहयोगमा चितवनको भरतपुर अस्पतालमा निर्मित अक्सिजन प्लान्ट एक कार्यक्रमका बीच भरतपुर अस्पताललाई हस्तान्तरण भएको छ ।

करिव ७० लाखको लागतमा एनआरएनएले भरतपुर महानगरपालिका र भरतपुर अस्पतालसंगको सहकार्यमा निर्माण गरेको अक्सिजन प्लान्ट एनआरएनएका महासचिव डा. केशव पौडेलले उद्घाटन गरेका थिए ।

शुक्रबार आयोजित कार्यक्रममा एनआरएनए महासचिव डा. पौडेलले प्लान्टको साँचो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पौडेललाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण पौडेल, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोजराज पोखरेल, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष डिलु पराजुली, अस्पतालमा कार्यरत चिकित्सकहरु, नर्सहरु र कर्मचारी तथा एनआरएनहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै महासचिव डा. पौडेलले एनआरएनएले नेपालको विभिन्न क्षेत्रमा सामाजिक सेवा भावले सहयोग र सहकार्य गर्दै आएको बताए । उनले पछिल्लो समय कोरोनाको विपतको अवस्थामा एनआरएनएले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्यलाई बढाएको बताए ।

पेशाले चिकित्सक पौडेलले अक्सिजन प्लान्टको निर्माणपछि नेपालीको ज्यान जोगाउने कार्यमा केही भएपनि योगदान गर्न सकेकोमा खुशी व्यक्त गर्दै यस्ता सामाजिक र मानवीय सेवामा एनआरएनएले सदैव योगदान गर्ने बताए ।

महासचिव पौडेलले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, भरतपुर महानगरपालिका र भरतपुर अस्पताललाई समेत धन्यवाद ज्ञापन गरे ।