April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अब स्वास्थ्यकर्मी कुटिए तीन वर्ष जेल

1.5K

काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरूलाई तीन वर्षभन्दा बढी जेल सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । शनिबार भएको छ बुँदे सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरूको आन्दोलन फिर्ता भएको छ ।

मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा कुटपिट भएपछि स्वास्थकर्मीहरूले सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए ।

सरकारले घटनामा संलग्नहरूलाई कानुन अनुसार कारबाही गर्ने बताएपनि चिकित्सकहरूले आन्दोलन जारी राखेका थिए । विद्यमान कानुनी व्यवस्थाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको मनोबल नउठ्ने भन्दै उनीहरूले कुटपिट गर्नेहरूलाई तीन वर्षभन्दा बढी सजाय हुनुपर्ने माग गरेका थिए ।

Advertisement

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपात गरे एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना दुबै सजय हुने व्यवस्था छ ।