काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि कर्मचारी हटाएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएको बताएका हुन् ।
मन्त्री बस्नेतले भने, ‘अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ । प्रधानमन्त्री ज्यूको निर्देशनमा यो बाँड्ने काम भएको हो । सधैंभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन ।’ वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीको करार स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा थप नगर्ने निर्णय भएको थियो ।
मन्त्री बस्नेतले चाँडो नयाँ भर्नाको प्रक्रिया वा दरबन्दी सृजना गर्ने बताएका छन् । स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै उनले छिट्टै चिकित्सा शिक्षा ऐन संशोधन गरिने समेत बताएका छन् ।