March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

पाठेघरको क्यान्सर उन्मूलनको कार्यक्रम प्राथमिकतामा राख्दै बजेट ल्याइनेछ : अर्थमन्त्री महत

1.3K

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले पाठेघरको मुखको क्यान्सर उन्मूलनको कार्यक्रम प्राथमिकतामा राखिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यशालामा बोल्दै उनले पाठेघरको क्यान्सर निर्मूल पार्ने सरकारको प्राथमिकताभित्र पर्ने भएकाले सोहीअनुसार बजेट विनियोजन गर्ने बताएका हुन् ।

पिपुल्स एक्सेस टू एडिक्वेट नेचुरल इन्फ्रास्ट्रक्चर्स(पानी)ले ’सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन: सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपीभी खोपलाई प्रवर्द्धन’ विषयमा कार्यशालामा बोल्दै उनले भने, “ठूलो संख्यामा किशोरी तथा महिलाहरु यो क्यान्सरबाट प्रभावित बनेका छन् । व्यापक रूपमा खोपको पहुँच बढाउनुपर्ने छ । रोकथाम गर्नु महत्त्वपूर्ण कुरा हो । स्रोत र साधन कम छ । निजी क्षेत्रको साझेदारीमा काम गर्दा राम्रो हुन्छ ।”

यस्तै, कार्यशालामा बोल्दै स्त्री क्यान्सर रोग विशेषज्ञ डा. शीला वर्माले सरकारले यो कार्यक्रमको सुरुवात गरिसकेको र यसलाई निरन्तता दिइ सबैमा पहुँच पु¥याउनुपर्ने बताइन् । “केही नहुनुभन्दा सरकारले सुरुवात त गर्यो । उच्च पदस्थ पदाधिकारीहरुले नै यो कार्यक्रमलाई निरन्तरतामा राख्न प्राथमिकता दिनुपर्छ । विश्व स्वाथ्य संगठनले सन् २०३० सम्ममा यसलाई उन्मूलन गर्न भनेका छ यसका लागि सबैले मिलेर काम गर्नुपर्छ”, उनले भनिन् ।

Advertisement

त्यसैगरी क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले एचपीभी भाइरसले ४० भन्दा बढी रोगको शिकार बनाउने भन्दै अझै पनि यो रोगको समस्याबारे महिलाले पीडा लुकाउने गरेको बताए भने पानी संस्थाकी कार्यक्रम अधिकृत दिकिशा भण्डारीले खोप लगाउने देशमा पाठेघरको मुखको क्यान्सर न्युन देखिएको भन्दै सरकारले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने जोड दिनुपर्ने बताइन् ।