April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कतारमा रक्तदान कार्यक्रम आयोजना गर्दै राजदूतावास

3.6K

दोहा । कतारस्थित नेपाली राजदूतावासले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गरिने भएको हो । हिन्दुहरूका् राष्ट्रिय चाडपर्वहरु वडादशै, शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

नोभेम्बर ३ तारिक शुक्रबारका दिन दूतावासको सभाहलमा हुने मानवीय र परोकारी कार्यमा सहभागी भईदिन कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत कतारमा रहेका दाजुभाई तथा दिदिबहिनीहरुलाई नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले अनुरोध गरेका छन् ।

कार्यक्रम बिहान ८ बजे सुरु हुनेछ ।

Advertisement