मन्त्री डिगबहादुर लिम्बुद्वारा प्रधानमन्त्रीसँग भेट, उर्लाबारी आगलागी घटनाका घाइतेहरुको उपचार बारे छलफल
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर हाल किर्तिपुर बर्न अस्पतालमा उपचार गराईरहेका मोरङको उर्लाबारी आगलागी घटनाका २५ जना घाईते बिरामीहरुको अवस्थाबारे जानकारी गराएका छन् । गत कार्तिक २६ गते उर्लाबारीको बरगाछीस्थित दिपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागीसँगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनी, ४ प्रहरी...