एनआरएनए फाउण्डेसनको अध्यक्षमा रामप्रताप थापा नियुक्त
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) फाउण्डेसनको अध्यक्षमा रामप्रताप थापा नियुक्त भएका छन् । एनआरएनएले परोपकारी गतिविधि सञ्चालन गर्न गठन भएको उक्त फाउण्डेसनका संस्थापक अध्यक्ष जीवा लामिछानेले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्षमा थापा नियुक्त भएका हुन् । थापालाई बिहीवार बसेको फाउण्डेसनको बैठकले नियुक्त गरेको हो । जर्मनी निवासी थापा एनआरएनएका संस्थापक समेत हुन् । उनलाई...