हङकङ। गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङले बुझबुझारथ, स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार जोर्डनको ब्लु ओशन रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
एनआरएनए हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकालको अध्यक्षता तथा नेपाली महावाणिज्य दूतावासका बाणिज्य दुत सतिस गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनएका नयाँ पदाधिकारीहरू तथा सल्लाहकारहरूलाई प्रमाणपत्र वितरण गरी स्वागत गरिएको थियो । सल्लाहकारहरू लव कुमार गुरुङ, कृष्ण लावती, रीता गुरुङ, टीका गुरुङ, हेम लिम्बू, खुशी लिम्बू र तेजप्रकाश गुरुङलाई प्रमाणपत्र वितरण तथा स्वागत गरिएको थियो भने पुराना कार्यसमितिलाई बिदाई गरिएको थियो ।
एनआरएनए हङकङको ०२१–२३ कि कोषाध्यक्ष गीता गुरुङले ०२३–२५ का कोषाध्यक्ष अर्जुन गौचनलाई बुझबुझारथको फाइल बुझएकी छ्न् । ७६ हजार ७ सय ६१ को बुरबुझारत फाइल हस्तान्तरण गरेकी हुन्।
कार्यक्रममा नेपाल ल क्याम्पस्का स्नातक तहमा अध्ययनरत सक्षम साही र सुदीक्षा पुडसैनीको पनि उपस्थित रहेको थियो । युनिभर्सिटी अब हङकङमा प्रोजेक्ट फर एसियन एन्ड इन्टरनेशनल रिलेशन एशिया सम्मेलनमा सहभागी हुन पुगेका उनीहरूले कार्यक्रममा आफ्ना अनुभवहरू साझा गर्दै एनआरएनए हङकङलाई सहयोग अवसरको लागि धन्यवाद ज्ञापन गरे। उनीहरुले एनआरएनए हङकङको सहयोगमा उक्त सम्मेलनमा सहभागी बन्न पाएको बताउदै एनआरएनए नेपालीको लागि नेपाली नारालाई देशको कुनाकुनासम्म पुर्याउने प्रतिवद्धतासमेत गरे ।
कार्यक्रममा बोल्दै एनआरएनएका सल्लाहकार लक्ष्मण गुरुङले एनआरएनएको नयाँ कार्यसमितिलाई काम गर्नमा सहयोग गर्ने बताए भने जनजाति महासंघ हङकङका अध्यक्ष कृष्ण लावतीले सधै एकजुट भएर अगडी बढ्ने बताए ।
यस्तै, हङकङ नेपाली संघका अध्यक्ष रीता गुरुङले विधान अनुसार एनआरएनएले काम गनुपर्ने बताइन् भने एनआरएनए हङकङका सल्लाहकार तेजप्रकाश पुनले पहिलो कार्यसमिति आफूले नै स्थापना गराएको स्मरण गर्दै यस अवस्थामा आइपुग्दा गर्व महसुस भएको बताए । कार्यक्रममा एनआरएनए हङकङका संरक्षक, पूर्व अध्यक्ष एवं एनआरएनए केन्द्रका सचिव श्रीमती टीका गुरुङ (राधिका) ले पनि आफ्नो मन्तव्य राखिन् ।
कार्यक्रमका प्रमुख अतिथि सतिस गुरुङले हङकङका नेपाली समुदाय र संघसंस्थाहरुसंग मिलेर बाणिज्य दुतावासले सेवा गर्ने भन्दै सोही अनुरुप सबैबाट सहयोगको अपेक्षा राखे ।
कार्यक्रममा सबै वक्ताहरुले नव नियुक्त सल्लाहकार र सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रमको समापन गर्ने क्रममा अध्यक्ष गोकर्ण ढकालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सोही अनुरुपको सहयोग र सदुभावको अपेक्षा राखे ।
कार्यक्रमको अन्तिममा रात्रीभोजको आयोजना थियो ।