May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएन आइसीसी उपाध्यक्षमा कतारबाट राजु रेग्मी ‘राज’ को उम्मेदवारी घोषणा

3.2K

दोहा । बिगत दुई दशकदेखि कतारलाई कर्मभूमि बनाउदै आएका राजु रेग्मी ‘राज’ले कर्मभूमि कतारबाट गैरआवासीय नेपाली संघ (एनआरएन) आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कतारमा एक कार्यक्रमको आयोजना गरि वर्तमान युवा उपाध्यक्ष रेग्मीले २०२३–२५ कार्यकालका लागि उपाध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

नवनिर्वाचित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका पदाधिकारी, सदस्यसहित एनआरएनए महाधिवेशन प्रतिनिधीहरुसँग भेटघाट कार्यक्रममा आगामी अक्टोबरमा काठमाडौँमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनमा आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा उनले विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, एनआरएनएमा युवा सहभागिता बढाउने लक्ष्यसहित उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनको घोषणापत्रमा सामुहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता रहेका छन् ।

Advertisement

एनआरएन अभियानमा उदयीमान तथा उर्जाशील रेग्मी कतारमा सफल व्यवसायी साथै समाजसेवीका रुपमा परिचित छन् ।


राज रेग्मी (उपाध्यक्ष पदका उम्मेदवार) प्रतिबद्धतापत्र

१) समृद्ध नेपालका लाागी लगानी र पर्यटन प्रवद्र्धन

(क) संघले संचालन गरेको १० अर्बको परियोजना, स–साना सामूहिक लगानी र वैदेशिक रोजगारीका लागि शुरु भएको आइपीओ मार्फत लगानीको अवसर प्रदान गर्ने ।

(ख) वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स्लाई उत्पादन क्षेत्रमा लगानी गर्ने वातावरणको लागी स साना भए पनि सम्भाव्य ठाउँहरुको पहिचान गरी विषेश प्राविधीक विज्ञहरुको समूह वनाई क्लिीन ईनर्जी हाईडा्रे उत्पादनको लागी लगानी गर्ने अवसर तयार गर्ने ।

(ग) नेपालमा गैरआवासीय नेपालीहरुको लगानीलाई नेपाली सरह लगानी गर्न हाल विद्यमान ऐन तथा कानूनमा रहेका अवरोधहरुलाई हटाउन सरकार संग पहल गर्ने ।

घ) विविधतामा एकता भएको प्राकृतिक सौन्धर्यता र प्राचीन संपदाको अथाह श्रोत भएको नेपाललाई पर्यटन मार्फत हाम्रो देशको असली पहिचन गराई देशलाई समृद्ध पनि वनाउन सकिन्छ भन्ने विश्वासलाई आत्मसाथ गर्दै पर्यटन क्षेत्रमा गैरआवासीय नेपालीहरुको स साना लगानीलाई प्रोत्साहन गर्दै आधुनिक शैली अपनाई द्रुत गतीमा देशलाई पर्यटन गन्तव्य वनाउन अविलम्व पहल गर्ने ।

(ड.) नेपाल लाई पर्यटकहरुको महत्वपूर्ण गन्तव्य स्थलमा परिचित गर्न पृथक तवरले टुरिष्ट बुष्ट गर्ने उद्देश्य सहित अन्य यूवा जागरुकता र शशक्तिकरण सेमिनार हरु संचानल गरी राष्ट्रिय स्तरको देशका सवै शहरहरुमा स्वच्छ सझा हराभरा मेरो शहरको परिकल्पना सहित विषेश सरसफाई अभियान सुरुवात गरिने छ ।

(च) नेपालमा स्वास्थ्य क्षेत्रलाई निम्न आय भएका र श्रमीक वर्ग लगायत सवैमा सहजता प्रदानको लागी नेपाल सरकार संग समन्य गरी विषेश श्रमीकमैत्री अस्पतालहरु स्थापनाको लागी पहल गरिने छ ।

२) व्यवस्थित मर्यादित र सुरक्षित वैदेशिक रोजगार
(क) वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार र विदेशस्थित नेपाली नियोगहरुसंग सहकार्य गर्ने ।
(ख) अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरुले सिकेको ज्ञान, सीप र पुँजीलाई नेपालको हितमा परिचालन गर्ने र संस्थागत संरचना बनाउने ।
(ग) वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सीप र ज्ञानको तालिम दिएर विभिन्न देशमा रोजगारीकालागि जाने वातावरण बनाउने आवश्यक पहल गर्ने ।
(घ) विदेशमा सिकेको ज्ञान र सीपलाई एकिकृत गरेर ज्ञान सीप बैंकको स्थापना गर्ने ।
(ङ)मध्यपुर्ब एसिया लगायत अन्य देशमा रोजगार र अध्ययनमा रहेका नेपालीहरुकोलागि छुट्टै राहत कोष स्थापना पहल गर्ने ।
(च) विश्वका धेरै मुलुकमा नेपालीहरु रोजगार एवं विभिन्न उद्धेश्यका लागि जाने गरेको हामी सवैमा अवगत नै छ तर सवैका लागि सफल र सहज गन्तव्य नहुने हुँदा आवश्यक रहदा सवै ठाउँ र विषेश गरी मध्यपूर्व, मलेसिया तथा अन्य देशमा पनि भवितव्य पर्न गएमा उनिहरुलाई सहयोगका लागि छुट्टै राहत कोष स्थापना गर्ने ।

३) हाम्रो राम्रो र प्रविधिमैत्री एनआरएनए
(क) संघलाई सबैको अपनत्व हुनेगरी सबै वर्ग र क्षेत्रका सबै नेपालीहरुलाई समेट्न विधानलाई पालना गर्ने पद्धति बसालिने छ ।
(ख) संस्थालाई सेवामूलक बनाउन गैर नाफामुलक र गैर राजनीतिमुलक संंस्थाका रुपमा एनआरएनएलाई अगाडि बढाइनेछ ।
(ग) गैरआवासीय नेपाली संघको संस्थागत संरचनालाई प्रविधि मार्फत जोडिने र स्मार्ट एनआरएनए, अनलाईन मतदान र एमआइएस लगायतका क्षेत्रमा थप परिस्कृत गरिनेछ ।

(घ) संघको सचिवालय संचालनलाई व्यवस्थित गर्दै संस्थागत आर्थिक पारदर्शीतालाई सदै चुस्त बनाइनेछ ।

(ङ)आम गैरआवासीय नेपालीहरुलाई स्वस्फूर्त संघमा आवद्धता गराई संघको लोकपृयतालाई आघाढ वनाउन संघका लक्षित उद्देश्यहरुलाई अविलम्व कार्यान्वयनमा लिईनेछ ।

४) महिला र नयाँ पुस्ताको सशक्तिकरण एनआरएनएमा रुपान्तरण
(क) संघको संशोधित विधान अनुरुप संघभित्र छुट्टै संरचना वनाई नयाँ पुस्ता अर्थात सेकेण्ड जनेरेशन लाई यो अभियानमा जोडिने छ ।
(ख) संघ भित्र युवा तथा महिला सहभागीलाई थप मजबुद बनाइने छ ।
(ग) विदेशमा हुर्किदै गरेका नयाँ पुस्तालाई नेपाली भाषा संस्कृति, पर्यटन तथा नेपालमा स साना लगानीको क्षेत्रमा उत्प्रेरित गरिनेछ ।

५) समृद्ध नेपालका आधार नागरिकता र मताअधिकार
(क) संविधानले प्रस्ताव गरेको गैरआवासीय नेपाली नागरिकतालाई लागू गर्न थप सहजिकरण गर्ने र व्यवाहारिक बनाउन नेपाल सरकारसंग सहकार्य गरिनेछ ।
(ख)वंशजको आधारमा प्राप्त हुने नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल गरिनेछ।
(ग) नेपालको आमनिर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई समेत सहभागी गराउने उद्देश्यले शुरु हुन लागेको मतदाता संकलनलाई व्यवस्थित गर्न नेपाल सरकार र विदेशस्थित नेपाली नियोगहरु मार्फत सहकार्य गरिनेछ ।
(घ) गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतिको सुरक्षाका लागि कानूनी व्यवस्था मिलाउन नेपाल सरकारसंग विशेष पहल गरिने छ ।

६) प्राविधिक शिक्षा तथा यूवा स्वरोजगार
(क) मूलुक संवृद्धिको मुख्य कारण प्राविधिक ज्ञान नै हो भन्ने तर्क विश्वभर नै प्रमाणित भएको अवस्थामा गैरआवासीय नेपाली र नेपाल सरकारको समन्वयमा दक्ष कामदार र प्राविधिकहरु उत्पादनको लागि नेपालको ७ वटै प्रदेशहरुमा प्राविधिक शिक्षालयहरु स्थापनाको लागि अहम भूमिका निभाउने मेरो मुख्य लक्ष्य रहेको छ ।
(ख) युवा शक्ति मुलुक निमार्णको प्रमुख अङ्ग हो । हामीले युवा शक्तिलाई समयमा उचित प्रवन्ध र युवाहरुको सोच र शीपलाई अवसर दिनका लागि नेपाली युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउन प्रथामिकतामा राखि एनआरएनए सचिवालयमा रोजगारी हेल्प डेस्क स्थापना गरी मुख्य रुपमा रिटर्नी माईग्रेशन हरुलाई मल्टी नेश्नल कम्पनी संग समन्यव गरी रोजगार सृजना गर्ने र सम्भाव्य क्षेत्रमा युवाहरुको स–सानो वा ठुलो पँुजी सँकलन गरी सामूहिक लगानी बढाउनका लागि प्रोत्साहन तथा पहलगर्ने ।

७) गैरआवसीय नेपाली संघको वैज्ञानिक परिभाषा एवं पारदर्षिता

(क) एनआरएनएको संस्थागत पारदर्शिता तथा जानकारीहरुलाई प्रमुखता दिदै हामी को हौ ? हामीला

७) गैरआवसीय नेपाली संघको वैज्ञानिक परिभाषा एवं पारदर्षिता

(क) एनआरएनएको संस्थागत पारदर्शिता तथा जानकारीहरुलाई प्रमुखता दिदै हामी को हौ ? हामीलाइ के थाहा छ ? र हामी के गर्न सक्छौं ? भन्ने अवधारणलाई अगाडी वढाउँदै एनआरएनएको उद्देश्य अनुरुप अगाडी वढ्ने ।
(ख) गैरआवासीय नेपालीको प्रारम्भिक वैज्ञानिक परिभाषा अनुरसार सार्कमुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन भन्दा वढी वसोवास गर्ने नेपाली नागरिक गैरआवासीय नेपाली हुन भन्ने मान्यतालाई नेपाल सरकार समक्ष उतm परिभाषा लाई सच्याउनका लागि संघको तर्फवाट पुनः पहल गर्ने ।

८)नेपाली कला संस्कृतिको प्रवर्धन तथा जगेर्ना
(क) आज हामी विदेशमा रहदै गर्दा हामी र नयाँ पुस्तामा भोली कतै विश्वमानै पृथक पहिचान वोकेको हाम्रो नेपाली कला तथा संस्कृति लोप भएर जाने त होइन ? तसर्थ विदेशमा नेपाली कलासंस्कृति तथा भाषाको महत्व बढाउन तथा दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालको कला संस्कृति तथा भाषाप्रति आकर्षण बढाउन विभिन्न कार्यक्रमहरुको योजना ल्याउने । जस्तै ः गायन, नृत्य, खेलकुद, साहित्य लगायतका सिर्जनशिल कार्यक्रमहरुको आयोजना गर्ने ।

(ख) गत कार्यकालमा हामीले सुरुवात गरी ऐतिहासिक रुपमा सम्पन्न गरेको ग्लोवल एनआरएनए सिङ्गिङ्ग आईडल लाई निरन्तरता दिई सिजन २ सहित अगाडी वढाउने ।

अन्त्यमा एनआरएनएका आफ्ना गतिबिधीहरु विधान एवं बिधी र पद्धति सम्मत संचालनका लागि र अपेक्षित स्मार्ट एनआरएन बनाउन सबैको साथ, सहयोग र समर्थन अनुसार अगाडि बढ्ने प्रतिवद्धता सहित आदारिणय संपूर्ण महाधिबेशन प्रतिनिधी ज्यूहरुमा साथ, सहयोग, सद्भाव सहित मलाई विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु ।