एनआरएनएको नवीकरण रोकिदैँन, तत्काल प्रक्रिया अघि बढ्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नविकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न आफू उत्साहित रहेको...