October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

“बद्रीजी र हेमराजजीले कार्यकाल सफल बनाए, अब पालो मेरो हो”- आरके शर्मा

1.7K

हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तराष्ट्रिय समन्वय परिषद उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए हङकङको आयोजनामा शुक्रबार ब्ल्यु ओसन रेष्टुरेन्ट जोर्डनमा कार्यक्रमको आयोजना गरिएको हो ।

लामो समयदेखि कतारमा व्यवसाय गर्दै आएका उपाध्यक्ष शर्मा एनआरएनएको ११औं विश्व सम्मेलनबाट चुनिने नयाँ अध्यक्षका लागि उम्मेदवारी दिने तयारीमा छन् । सोही क्रममा विभिन्न देशमा भ्रमण गरिरहेका उनका लागि हङकङमा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको थियो ।

उक्त कार्यक्रममा उनले आफ्नो पाँच मिनेटको भिडियो प्रस्तुत गरेको थिए । त्यसपछि भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘नेपालीका लागि नेपाली’ नारासहित सुरु भएको एनआरएनएले मानवीय कार्यमा धेरै छलाङ मारेको बताए । उनले भने, ‘बाढीपीडितलाई उद्धार गर्ने कार्य, कोरोना कालमा आइसीसी हङ्कङले पु¥याएको योगदान, यी एनआरएनएले गरेको योगदान हुन् ।’ यति हुँदाहुँदै पनि एनआरएनएका केही नकरात्मक पक्ष पनि रहेको उनको भनाइ थियो ।

Advertisement

शर्माले पछिल्लो एनआरएनएको मुल उदेश्य नेतृत्व हत्याउने मात्रै हुँदै गएको आरोप लगाए । उनले भने, ‘एनआरएनएको मुल उदेश्य नेतृत्व हत्याउने मात्रै हुँदै गएको छ । चुनावदेखि चुनावसम्म मुल नेतृत्व हत्याउने, को आर्थिक रुपमा अलि बलियो छ, अलिक ठूलो राष्ट्रको छ, त्यतैतिर लाग्ने पछिल्ला घटनाक्रमहरुले गर्दा गतवर्षको महाधिवेशनमा एउटा दुर्घटना भयो ।’

एनआरएनए दुईतिर हुँदा कोही नेपालीहरु खुशी नहुने पनि उनले बताए । एनआरएनएको उदेश्य पुरा गर्नका लागि सबैको साझा एनआरएनए हुनुपर्नेमा उनले जोड दिए । उनले पैसावालाले मात्र नभएर भिजनवालाले पनि नेतृत्व गर्न पाउनुपर्ने बताए । त्यसका लागि एनसीसीहरुले बुझेर न्याय गर्नेमा आफू विस्वस्त रहेको उनले बताए ।

उनले आफू नेतृत्वमा जाँदै गर्दा विदेश जानेको ताँती लागेको केहीवर्ष नरोकिने भन्दै हङकङमा लामो समयसम्म नखुलेको श्रमिकको भिसा नखुलेको हुँदा श्रमका लागि ढोका खोल्ने र भिसाको लागि सहजीकरण गर्न व्यक्तिगत र संस्थागत तर्फबाट अहोरात्र लाग्ने प्रतिवद्धता जनाए ।

उनले दुईतिर भएको एनआरएनएलाई एउटै मालामा उनेर सबैको साझा एनआरएनए बताएका शर्माले एनआरएनए यूकेका पूर्वमहासचिव तथा एनआरएनए हङकङका सल्लाहकार खुशी लिम्बु ‘डा बद्री केसी, डा हेमराज शर्मा, र महेश श्रेष्ठको भन्दा तपाइँको नेतृत्व कसरी फरक हुनेछ ?’ भन्ने प्रश्नको जवाफ दिँदै डा केसी र डा शर्मा हेमराजले कार्यकाल सफल बनाएको र अब आफ्नो पालो भएको बताए । महेशको तुलनामा भने आफू सिनियर भएको उनको दाबी थियो । आफ्नो एजेण्डा र भिजन मध्यपूर्व सर्किटका मात्रै नभएर गोर्खाका मुद्धाहरु पनि समेटेको बताए । आफूले बारम्बार प्रधानमन्त्रीलाई भेटेर एनआरएनए मुद्दा र नागरिकतबाारे झक्झकाएको स्मरण गरे । ‘म अरब बस्ने मान्छे, एनआरएनए नागरिकताका लागि कतिचोटी काठमाडौं गएँ । अन्य थुप्रै एनआरएनएका लागि मैले गरेको योगदानलाई अब तपाइँहरुले बुझ्ने बेला भएन र ?’, उनले प्रतिप्रश्न गरे ।

एनआरएनए हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन एनआरएनए हङकङका महासचिव डिल्ली विश्वकर्माले गरेका थिए । कार्यक्रममा एनआरएनएका केन्द्रीय सचिव टिका गुरुङ लगायत एनआरएनए हङकङका सल्लाहकार तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।