May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसीलाई हङकङमा भव्य स्वागत तथा सम्मान

1K

हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका कार्यकारी अध्यक्ष डा बद्री केसीलाई हङकङमा भव्य स्वागत गरिएको छ । २०२३–२५ कार्यकालका लागि पुन: अध्यक्षमा उम्मेदवारी दिएका केसी सोही शिलशिलामा हङकङ पुगेको अवसरमा उनका लागि स्वागत कार्यक्रम राखिएको हो ।

एनआरएनए हङकङकको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए एनसीसी हङकङका नयाँ कार्यसमितिका पदाधिकारी तथा सल्लाहकारहरुलाई सम्मान तथा सर्टिफिकेट वितरण गरिएको छ । कार्यसमिति सदस्यहरु दु बहादुर गुरुङ र माया लिम्बुु, साथै सल्लाहकारहरु धरम कुमार गुरुङ, लबकुमार गुरुङ, कृष्णराज लावती, सल्लाहकार पदमकुमारी गुरुङ, मनबहादुर गुरुङ, मिनबहादुर गुरुङ, यूग माया राना, देवराजन गुरुङ, सत्यप्रसाद घले, श्याम कुमार श्रेष्ठ, अरणा गुरुङ, बसन्त श्रीनेत, रमेश मोक्तान, खुशी लिम्बु, हेमचन्द्र लिम्बु लगायतलाई सम्मान तथा सर्टिफिकेट वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै आइसीसी अध्यक्ष डा बद्री केसीले एनसीसी हङकङका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुका साथै हङकङ विभिन्न कारणले महत्वपूर्ण भएको बताए । एनआरएनए हङकङले नेपालमा भुइँचालो जाँदा, कोभिडको समय लगायत विभिन्न परिस्थितिमा महत्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे ।

Advertisement

अध्यक्ष डा केसीले आफू सन् २००३ मा एनआरएनए स्थापना हुनुअघि छलफलको समयदेखि आजसम्म यस अभियानमा रहेको बताए । यसअवधिमा आफूले धेरै काम गरेको तर कतिपय कामको नकरात्मक प्रचार गरिएको उनको गुनासो थियो । ‘राम्रो काम गर्दा अपजस पाइन्छ, तर दोषहरुबीच पनि अगाडि बड्नुपर्छ’, केसीले भने । यस्तै, एनआरएनएको कार्यलयमा आफ्नो फोटो टास्ने रहर मात्रै नभएर केही काम गर्ने सपना रहेको भन्दै तिनै बाँकी सपना पुरा गर्नका लागि पुनः अध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ थियो ।

उनीसँग एनआरएनए हङकङका सल्लाहकार खुशी लिम्बुसहित अन्य पदाधिकारीहरुले प्रश्न राखेका थिए । एनआरएनएमा भौगोलिक हिसाबले मिडल इस्टलाई कहिले प्राथमिकता दिने भन्ने खुशी लिम्बुको प्रश्नको उत्तर दिँदै अध्यक्ष केसीले भूगोलको हिसाबले भन्दा पनि सक्षमताको हिसाबले नेतृत्व गर्नुपर्ने बताए । ‘सबै देशमा फरक किसिमको समस्याहरु छन् । बैदेशिक रोजगार, बौद्धिक व्यक्तित्व, नागरिकता, व्यवसाय लगायत विभिन्न समस्याहरु छन् । यस्तो अवस्थामा कुन भूगोलमा को बस्छ भन्दा पनि अब त्यो व्यक्तिले मात्रै काम गर्न सक्छ जो सक्षम छ, लिड गर्न सक्छ र, ती सबैको समस्या बुझ्न सक्ने व्यक्ति बद्री केसी हो । मान्छे कहाँ बस्छ हैन, क्यापेवल मान्छे चाहिन्छ’, उनले भने ।

यस्तै, कार्यक्रममा बोल्दै युरोप संयोजक सन्तोष भट्राईले आफूले पहिलो चोटी हङकङ आएको र यो आफ्नो सौभाग्य भएको बताए । एन आर एन एको एउटा अभियान रहेको उनको भनाइ थियो । उनले भने, ‘मैले गरे मात्रै संस्था रहन्छ भन्ने लाग्छ, तर त्यो हैन । यो एउटा अभियान हो । आज २० वर्ष आइपुग्दा एनआरएनएले थुप्रै मुद्धाहरुमा काम गरिसकेको छ ।’

कार्यक्रममा बोल्दै आइसीसी महिला सचिव राधिका गुरुङले १८ महिनाको कार्यकालभित्र आफूले गरेका कामहरुको स्मरण गरिन् । ‘महिला सचिव भएँ, तर ३ जना अध्यक्षज्यूहरुले मलाई नेपालमा उत्पादन भएको सामानलाई विश्व बजारमा कसरी प्रबद्र्धन गर्न सकिन्छ ? भन्ने डिपार्टको सयोजक दिनुभयो । त्यतिबेला मैले म महिला भएकोले महिला तथा बालबालिका सम्बन्धि विभाग दिनुभएको भए हुने भनेर कम्प्लेन गरेको थिएँ । त्यो डिपार्ट गाह्रो हुन्छ कि भन्ने लागेको थियो । तर विश्वास गरेरे दिइएको त्यो विभागको काम गर्दै जाँदा सफल भएँ । यस्तै, यही बीचमा बालबालिकाको डिर्पार्टमा काम गर्ने इच्छा पनि पुरा भएको उनले बताइन् । ‘धेरै काम गरियो फेरी पनि बाँकी काम पुरा गर्न महिला सचिवमा उम्मेदवारी दिएको छु’, उनले भनिन् ।

एनसीसी हङकङका अध्यक्ष गोकर्ण ढकालको अध्यक्षता तथा आइसीसी अध्यक्ष डा बद्री केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए पदाधिकारीहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।