July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

जसपा तत्काललाई सरकारमा नजाने, सरकार बाहिरै बसेर समर्थन गर्ने

1.5K

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) तत्काललाई दाहाल नेतृत्वको सरकारमा नजाने भएको छ । मंगलबार सम्पन्न पार्टीको दुई दिने राजनीतिक समिति बैठकले जसपा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेको हो ।

जसपा प्रवक्ता मनिससुमनका अनुसार दाहाल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम हेरेर र शक्ति बाँडफाँटको आधारमा मात्रै जसपा सरकारमा जान सक्ने अन्यथा बाहिरैबसेर समर्थन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

निर्वाचनले खुम्चिएको जसपाले शक्ति वृद्धिको लागि राजनीतिक मुद्दा र विचार मिल्ने विभिन्न दलसँग पार्टी एकता गर्न कार्यकारिणीसमिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

Advertisement

त्यस्तै बैठकले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टी निर्णयविरुद्ध लाग्ने र अन्तर्घात गर्नेहरुलाई कारबाहीको सिफारिस गर्नकार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिले छानविन गरी आगामी माघ मसान्तभित्र प्रतिवेदन बुझाउने बताइएको छ ।