November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल प्रहरीले भन्योः तीनकुनेमा ५८ राउन्ड गोली प्रहार भयो

1.2K

काठमाडौं । नेपाल प्रहरीले १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएपछि ५८ राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश आचार्यले भीड अराजक बन्न थालेपछि प्रहरी गोली चलाउन बाध्य भएको बताएका हुन् ।

प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको आचार्यले दाबी गरे । प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ बजेर ५४ मिनेटमा प्रहरीले पहिलो गोली प्रहार गरेको र उक्त गोली २ महिला र १८ पुरुष गरी २० जनालाई लागेको उनले बताए ।

त्यसका अतिरिक्त ७४६ राउन्ड अश्रु ग्यास र र १९२ पटक ब्ल्यांक फायर भएको उनले बताए।

Advertisement

तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुङ्गामुढासमेत भएको प्रहरीले जनाएको छ ।