जनता समाजवादी पार्टीको तेह्रथुम जिल्ला रुपान्तरण भएको छ । भेलाले भगवान रिजालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समन्वय समिति निर्माण गरेको छ ।
समन्वय समितिको उपाध्यक्ष डम्बर खापुङ, सचिव मेघराज सम्बाहाम्फे, उपसचिव तुलसी चोङबाङ, कोषाध्यक्ष टेकबहादुर खापुङ रहेका छन् ।
सदस्यहरुमा सम्झना गौतम, शक्तिमान कन्दङ्वा, राम लिम्बू, सञ्जय लिम्बू, प्रेम सोदेम्बा, अमृत लिम्बू, भक्तबहादुर लिम्बू, कुलबहादुर तामाङ रहेका छन् ।
केन्द्रीय सदस्य मनकला लिम्बूको प्रमुख आतिथ्यतामा जिल्ला रुपान्तरण भएको हो ।