April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग

505

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद रेखा शर्माले चैत १५ गते राजावादीहरूले गरेको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कानुनको दायरामा ल्याउन माग गरेकी हुन् ।

उनले भनिन्, ‘आन्दोलनको आयोजक जुन संस्थालाई राखिए पनि कार्यक्रमको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र संलग्न भएको स्पष्ट रूपमा देखिएको छ । संविधान र कानुनभन्दा माथि कोही छैन । पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईलाई कानुनी कारबाहीको दायरामा ल्याउन पार्टीको तर्फबाट माग गर्दछु ।’

उनले माओवादी पश्चगमनका पक्षमा कहिले नभएको र आगामी दिनमा पनि कहिल्यै नहुने बताइन् ।

Advertisement

राजावादीहरुको हिंसात्मक प्रदर्शनमा दुईजनाको ज्यान गएको थियो । एक पत्रकारको जलेर मृत्यु भएको थियो भने अर्का एक प्रदर्शनकारीको गाली लागेर मृत्यु भएको थियो ।

यस्तै प्रदर्शनकारीहरुले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड तथा चोरी गर्नुका साथै मिडिया हाउस, व्यक्तिगत घर र उद्योगमा पनि तोडफोडत तथा आगजनी गरेका थिए ।