काठमाडौं । विदेशमा रहेका नेपालीहरुको कथा समेटिएको ‘परदेशी जीवन’ सांगीतिक चलचित्र सार्वजनिक भएको छ । किशोर कुमार पन्धाक र माया खापुङ अभिनीत भिडियो रोमियो फिल्म्स् युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
निकेश राईको छायांकन र बिबी याक्युकको सम्पादन रहेको यस भिडियोमा आफ्नै जीवनको अनुभव समेटिएको दिर्नेशक किशोर कुमार लिम्बुले बताए । आफ्नै आँखाले देखेका, भोगेका पीडादायी क्षणहरूलाई यो भिडियोमा उतारेको उनको भनाई छ । उनले भने, ‘परदेश भनेको केवल कमाइ गर्ने ठाउँ मात्र होइन, यहाँ सपना जति अग्ला हुन्छन्, दुःख त्यति नै गहिरा हुन्छन् । यो चलचित्र उनै परदेशीहरूले आफ्नो मनको कुना –कन्दरामा लुकाएका तिता अनुभूतिहरूलाई उजागर गर्ने एउटा प्रयास हो ।’
पत्रकार तथा गीतकार टिआर सेनेहाङको शब्द र समिर सिंगकको स्वर तथा संगीत रहेको यस गीतका संगीत संयोजक राजु कार्की हुन् ।