July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

दाङ २ बाट माओवादी केन्द्रकी रेखा शर्मा विजयी, एमाले महासचिब पोखरेल पराजित

1.4K

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पोखरेललाई सत्तागठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।

उनले पोखरेललाई १९७ मतान्तरले पराजित गरेकी हुन् । निर्वाचित शर्माले २६ हजार ८७७ मत प्राप्त गर्दै विजयी भइन भने एमाले महासचिव पोखरेलले २६ हजार ६८० मत प्राप्त गरे । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारी छन् ।

Advertisement