April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

उपाध्यक्ष नेम्बाङको निधन भएपछि चीन भ्रमणमा रहेका एमाले नेताहरूको टोली आजै स्वदेश फर्किने

1.8K

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएपछि चीन भ्रमणमा रहेका एमाले नेताहरूको टोली आफ्नो सम्पूर्ण पूर्व निर्धारित कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्किने भएको छ । चीनमा महासचिव शङ्कर पोखरेललगायत सबै नेताहरू आजै नेपाल फर्किने तयारीमा रहेको जनाइएको छ ।

परिवारका सदस्यहरुका अनुसार नेम्बाङ राति १ बजेतिर शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट १ः५० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पु¥याइएको थियो । अस्पताल पु¥याउने वित्तिकै नेम्बाङको निधन भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।

नेम्बाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

Advertisement