नोबेल मेडिकल कलेजमा कार्यरत एक नर्सको हत्या
विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको घाँटी रेटी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दासको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको...