June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

सुदूरपश्चिममा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकृत,पुनः दाबी गर्न आह्वान

1.8K

काठमाडौं । सुदूरपश्चिममा मुख्यमन्त्रीमा पुनः दाबी आह्वान गरिएको छ । दाबी गर्ने एकै दलबाट दुई जना भएको भन्दै प्रदेश प्रमुख नजिर मियाँले बिहीबार साँझ पाँच बजेसम्मको समय तोकेर संविधानको धारा १६८ (२) अनुसार नै दाबी पेस गर्न आह्वान गरेका हुन् 

यसअघि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै दल तथा प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी पेस गरेका थिए । एउटै पार्टीका दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श गर्ने भन्दै मंगलबारसम्म कुनै निर्णय गरेका थिएनन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै ‘नागरिक उन्मुक्ति पार्टीकै दुई जनाको दाबी पेस हुन आएकाले निष्कर्षमा पुग्न नसकिएको सन्दर्भमा वैशाख ६ गते बेलुका ५ बजेभित्र दाबी पेस गर्न’ भनिएको छ ।

यसअघि प्रदेश प्रमुखले १० दिनको म्याद दिएर १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूबाट बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई आइतबारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसअनुसार नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै दल तथा प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी पेस गरेका थिए ।

Advertisement

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै ‘नागरिक उन्मुक्ति पार्टीकै दुई जनाको दाबी पेस हुन आएकाले निष्कर्षमा पुग्न नसकिएको सन्दर्भमा वैशाख ६ गते बेलुका ५ बजेभित्र दाबी पेस गर्न’ भनिएको छ ।